खल्तीबाट रकम ट्रान्सफर गर्दा पुरस्कार जित्ने मौका

सोमबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण

आइएमई खल्ती लिमिटेडले ‘खल्ती ट्रान्सफर लिग’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । जारी नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा अझै उत्साह थप्न यो अफर ल्याएको कम्पनीले जनाएको छ । क्रिकेटको खेलसरह खल्तीबाट विभिन्न फन्ड ट्रान्सफर गरी सेवाग्राहीले रन बनाउन सक्नेछन् । रन जम्मा गरेर दैनिक, साप्ताहिक र बम्पर पुरस्कार जित्न सकिने बताइएको छ ।

खल्तीबाट खल्तीमा ट्रान्सफर गर्दा एक रन, खल्ती एस्क्रो प्रयोग गर्दा दुई रन, खल्तीबाट बैंक खातामा ट्रान्सफर गर्दा चार रन र विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन प्राप्त हुनेछ । यी रन जम्मा गरी ६ रनमा दैनिक एनपिएलको ६ टिकट, ५० रनमा हरेक हप्ता सिएमएफ फोन एक र १०० रनमा बम्पर पुरस्कारस्वरूप बजाजको पल्सर एन १६० डुअल एबिएस जित्ने मौका प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार