नेसनल फन्ड म्यानेजमेन्टको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

आइतबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण

नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडले सेयर निष्कािन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

नेसनल फन्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईँ र सनराइज क्यापिटलका लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले आइतबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। नेसनल फन्ड म्यानेजमेन्टले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका २१ लाख ६ हजार कित्ता (२० प्रतिशत) साधारण सेयर निष्कासनको तयारी गरेको छ।

नेसनल फन्ड म्यानेजमेन्टले कम्पनी रजिस्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्विटी भन्ड, भेन्चर क्यापिटल फन्ड, हेज फन्डको कोष व्यवस्थापक भई संचालन गर्न इजाजत प्राप्त गरेको छ। साथै, बुक बिल्डिङ विधिमार्फत निष्काशित धितोपत्रको लागि योग्य संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्नका लागि समेत स्वीकृति पाएको छ।

यस कम्पनी कोष व्यवस्थापक रही पुँजी संकलन कार्य सम्पन्न गरी विविधिकृत प्राइभेट इक्विटी फन्डको रूपमा ‘नेसनल इक्विटी फन्ड–१’ र ऊर्जा क्षेत्रलक्षित प्राइभेट इक्विटी फन्डको रूपमा ‘नेसनल हाईड्रो फन्ड–२’ सञ्चालन गर्दै आएको छ।

सुझावित समाचार