स्वास्थ्य मन्त्री शर्माद्वारा कपिलवस्तुमा हात्तीपाइले विरुद्धको १७औँ औषधि अभियान शुभारम्भ

आइतबार, ८ मंसिर, २०८२
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुधा शर्मा गौतमले कपिलवस्तु जिल््लाको तौलिहवामा आज आइतबार हात्तीपाइले निवारण अभियानअन्तर्गतको आम औषधि सेवन  कार्यक्रमको औपचारिक शुभारम्भ गरेकी छन्।

शुभारम्भ कार्यक्रममा मन्त्री शर्माले हात्तीपाइले उन्मूलन अभियानलाई सरकारको प्राथमिक स्वास्थ्य कार्यक्रम भएको उल्लेख गर्दै समुदायको सक्रिय सहभागिताले मात्रै यस्तो रोग नियन्त्रण सम्भव हुने बताईकी छन् ।

मन्त्री शर्माले “हात्तीपाइले जस्तो रोगले समाजमा दीर्घकालीन प्रभाव पार्ने  यसलाई रोकथाम गर्न सबै नागरिकले औषधि सेवन अभियानमा सक्रिय रूपमा सहभागी हुनु अत्यावश्यक रहेको बताउदै  सरकार स्वास्थ्य सेवामा व्यापक सुधारका लागि प्रतिबद्ध रहेको र यस अभियानले देशव्यापी रोग नियन्त्रण प्रयासमा महत्वपूर्ण योगदान दिने बताएकी छीन् । ” मन्त्री शर्माले जनचेतना, सहकार्य र स्वास्थ्यकर्मीको सक्रियताबाट कपिलवस्तु मा हात्तीपाइले मुक्त जिल्ला बन्ने विश्वास व्यक्त गर्दै अभियानलाई सफल बनाउन सबैलाई आह्वान गरिकी छन् । 

उक्त अभियानमा  जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्य, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, प्रमुख जिल््ला अधिकारी जनार्दन गौतम, प्रदेश स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, प्रहरी उपरीक्षक सन्तोष आचार्य, सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसी, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल लगायतका सरोकारवाला सहभागी थिए । सहभागी सबैले औषधि सेवन गर्दै अभियानप्रति ऐक्यबद्धता जनाएको बताएको छ ।  

कपिलवस्तुमा २०६३ सालदेखि नियमित रुपमा सञ्चालन हुँदै आएको हात्तीपाइले निवारण औषधि सेवन कार्यक्रम यस वर्ष आएर १७औँ चरणमा पुगेको छ। रोग उन्मूलनका लागि समुदायमै गई औषधि वितरण र सेवन सुनिश्चित गर्ने यो अभियानले विगतका वर्षमा राम्रो प्रगति हासिल गर्ने स्वास्थ्य कार्यालयले कपिलबस्तुको भनाई छ । 
फोटो पनि छ ।

सुझावित समाचार