आइएमई खल्ती लिमिटेडले ‘खल्ती ट्रान्सफर लिग’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । जारी नेपाल प्रिमियर लिगको दोस्राे संस्करणमा अझै उत्साह थप्न यो अफर ल्याएको कम्पनीले जनाएको छ।
क्रिकेटको खेलसरह खल्तीबाट विभिन्न फन्ड ट्रान्सफर कारोबार गरी सेवाग्राहीले रन बनाउन सक्नेछन्। रन जम्मा गरेर दैनिक, साप्तहिक र बम्पर पुरस्कार जित्न सकिनेछ।
खल्तीबाट खल्तीमा ट्रान्सफर गर्दा एक रन, खल्ती एस्क्रो प्रयोग गर्दा दुई रन, खल्तीबाट बैंक खातामा ट्रान्सफर गर्दा चार रन र विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन प्राप्त हुनेछ। यी रनहरू जम्मा गरी ६ रनमा दैनिक एनपिएलको ६ टिकट, ५० रनमा हरेक हप्ता सिएमएफ फोन एक र १०० रनमा बम्पर पुरस्कारस्वरूप बजाजको पल्सर एन १६० डुअल एबिएस जित्ने मौका प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रालि गाभिएर बनेको आइएमई खल्ती लिमिटेडले २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोबार सञ्चालन गरिरहेको छ।