संघीय लोकतान्त्रिक मोर्चाले चुनावमा भाग लिने

शनिबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण

मधेश केन्द्रित आठ दलहरूले बनाएको संघीय लोकतान्त्रिक मोर्चाले चुनाबमा भाग लिने निर्णय गरेको छ । मोर्चाले २१ फागुनमा हुने निर्वाचनका लागि सुरक्षालगायतको वातावरण बनाउन सरकारसँग मागसमेत गरेको छ । 

शनिबार लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय बबरमहरमा मोर्चाको बैठक बसेको थियो । ‘हामी चुनाबमा भाग लिन्छौँ । मोर्चासम्बद्ध दलहरु मिलेर चुनाबमा जान्छौँ भन्ने निर्णय गरेका छौं,’ बैठकमा सहभागी लोसपाका महासचिब डा. सुरेन्द्रकुमार झाले भने, ‘निर्वाचनका लागि सरकारले उपयुक्त सुरक्षा वातावरण बनाइदिनुपर्छ भन्ने पनि हाम्रो माग छ ।’ मिलेर निर्वाचनमा जाने निर्णय भए पनि त्यसको मोडालिटीबारे छलफल गर्दै जाने महासचिब झाले बताए ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले बोलाएको बैठकमा लोसपा नेताद्वय सर्वेन्द्रनाथ शुक्ला र डा. सुरेन्द्र झा, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव र महासचिब रामकुमार शर्मा, जनमत पार्टीका नेता जयकान्त राउत, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेता केशब झा, नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी, तमलोपा अध्यक्ष बृशेषचन्द्र लाल, पूर्वमन्त्री हृदयेश त्रिपाठीलगायत सहभागी थिए ।
 

सुझावित समाचार