लुम्बिनी होटेल संघ नेपालको सातौँ साधारणसभा तथा चौथौ अधिवेशन लुम्बिनीमा सम्पन्न भएको छ। अधिवेशनले लीलामणि शर्माको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।
संघको वरिष्ठ उपाध्यक्षमा शेखर कार्की, उपाध्यक्षमा भूपेन्द्र गुरुङ, महासचिवमा टीकाकुमारी कट्टेल, सचिवमा एकराज कँडेल, कोषाध्यक्षमा दीपक पंगेनी र सह–कोषाध्यक्ष धीरज भण्डारी निर्वाचित भएका छन्।
त्यसैगरी, सदस्यहरूमा पद्मा काफ्ले न्यौपाने, प्रजुल कार्की क्षेत्री, दीपेन्द्रलाल बनियाँ, अशोककुमार गुप्ता, किशोर यादव, अनिलकुमार गुप्ता, रोशन शाक्य र जनकबहादुर सोमई मगर चयन भएका छन्।
यसअघि अधिवेशनको उद्घाटन सत्रमा लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डे, प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ता, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, सिद्धार्थ होटेल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी सांस्कृतिक नगरपालिकाका निमित्त नगरप्रमुख कल्पना हरिजन, लुम्बिनी होटेल संघका निवर्तमान अध्यक्ष गोविन्द ज्ञवाली, महासचिव पुरुषोत्तम अर्याललगायतले निजी क्षेत्र एकताबद्ध भएर पर्यटकीय विकासमा लाग्नुपर्नेमा जोड दिए।
उनीहरूले पर्यटकबाटै प्रदेशको सम्मृद्धि हासिल गर्न सकिनेमा जोड दिए। कार्यक्रममा स्वर्गीय पत्रकारद्वय चेतन पन्त र मनोरन्जन शर्मालाई लुम्बिनीको प्रचारप्रसारमा अतुलनीय कार्य गरेको भन्दै मरणोप्रान्त सम्मान गरिएको थियो।