मंसिर ६ गतेदेखि १२ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको मंसिर ६ गते शनिबारदेखि मंसिर १२ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नुपर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) जग्गाजमिनको कारोबार गर्दा असल हुने संकेत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ । साताको अन्त्यमा पछाडि कुरा काट्ने शत्रु आफैँ पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नुपर्नेछ । 
सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । बुधबारपछि पुराना साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । कर्मसिद्धिको समय छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । व्यापारमा लाभ हुनेछ । साताको अन्त्यमा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । बुधबारपछि व्यापारीहरूले हानि व्यहोर्नुपर्छ र कर्मचारीले अपजस व्यहोर्नुपर्छ । छात्रछात्रा रमाइलोमा भुलिनेछन् । साताको अन्त्यमा मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । घरमा परपाहुना र अतिथिको आगमन हुन सक्छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पठनपाठनमा प्रगति हुनेछ । सभासमारोहमा सहभागी बन्ने मौका छ । आम्दानीका मार्ग खुला रहनेछन् । चिन्तन महत्वपूर्ण बन्न सक्छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नुस् । बुधबारपछि जीवनसाथी वा मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्नका लागि राम्रो छ । घरमा मांगलिक कृत्य सम्पादन गर्ने समयसमेत छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने र छरछिमेकमा असमझदारी बढ्ने सम्भावना छ । व्यावसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष हुनेछ । आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । साताको अन्त्यमा लामो समयपछि चाहना पूर्ण हुने योग आएको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । व्यावसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । साताको अन्त्यमा परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक जमघटमा मन रमाउनेछ । वस्त्र, अलंकार आदि खरिद गर्ने योग छ । पशुपालक र दुग्ध व्यवसायमा संलग्नहरूले लाभ प्राप्त गर्नेछन् । बुधबारपछि परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । साताको अन्त्यमा कुनै विशेष खुसीको समाचार सुन्न पाइएला । राम्रो कामका लागि काम गर्ने वातावरणअनुकूल बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनुपर्नेछ । सुनचाँदीजस्ता धातुको कारोबारबाट धेरथोर लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर विवाद र झगडामा पछि हट्नु नै बेस हुनेछ । बुधबारपछि सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नुपर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) परिवारबाट असहयोग हुनेछ । व्यवसाय वा पेसामा परिवर्तनको धारणा उत्पन्न हुन सक्छ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । धन लगानी गर्ने अवसर पाउनुहुनेछ । साताको अन्त्यमा सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको संकेत मिल्नेछ । कुनै देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यावसायिक क्षेत्र लाभप्रद छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्नेछ । साताको अन्त्यमा प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समाजको नेतृत्व वहन गर्नुपर्नेछ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबार गर्दा असल हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनुपर्नेछ । राजनीतिक क्षेत्रको वातावरणले मन परिवर्तन हुन सक्छ । खानपिनका परिकार प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनुपर्नेछ ।

See More On

सुझावित समाचार