जेन–जी आन्दोलनको आइकोनिक जुत्तालाई चुनाव चिह्न राखेर नेपाल जनसेवा पार्टी गठन भएको छ। प्रकाश खड्काको नेतृत्वमा गठन भएको पार्टीले दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएको छ।
आयोगका सहसचिव यज्ञ भट्टराईले परिवर्तनका लागि उचालेको खुट्टामा जेन–जीको जुत्ता चुनाव चिह्न भएको नेपाल जनसेवा पार्टी दर्ताका लागि निवेदन आएको बताए। उनका अनुसार यो निवेदनसँगै २८ वटा नयाँ पार्टी दर्ताको प्रक्रियामा छन्।
दर्ता प्रक्रियामा रहेका दलहरूमा गोपीलाल न्यौपानेको नेपाल लिभरल पार्टी, पूर्वराजदूत नवराज सुवेदीको जनयुग पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल, हिमालयबहादुर चन्दको नेपाल राष्ट्रिय युवा पार्टी, चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलको प्रगतिशील नागरिक पार्टी, रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वाेच्चता पार्टी नेपाल, राजकुमार कक्षपतिको नेकपा (वामपन्थी केन्द्र), सुन्दरराम बोहराको आवाज पार्टी छन्।
यसैगरी, गणेशकुमार मण्डलको सार्वमौम नागरिक पार्टी, माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल, रमनकुमार कर्णको जनादेश पार्टी नेपाल, प्रशान्त आचार्यको नेपाली प्रथम पार्टी, अशोककुमार यादवको जनता लोकतान्त्रिक पार्टी नेपाल, सन्दीप उप्रेतीको राष्ट्रिय स्वाभिमान पार्टी नेपाल, नुमा लिम्बूको समावेशी समाजवादी पार्टी, टीकाराम पुरीको राष्ट्रिय गौरव पार्टी, जीवन लिम्बूको एकता नेपाल, किशोरी कार्कीको नवनिर्माण पार्टी, दीपककुमार साहको सर्वाेदय पार्टी, सत्यवानकुमार सिंहको स्वाभिमान पार्टी, लक्ष्मीप्रसाद खतिवडाको राष्ट्रिय सनातन पार्टी नेपाल, सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी, शरदसिंह यादवको जनअधिकार पार्टी, काजल अधिकारीको न्यु न्यास्नलिस्ट पार्टी, शम्भु पोखरेलको उदार लोकतान्त्रिक पार्टी र श्रेया केसीको नागरिक सेवा पार्टी पनि दर्ता प्रक्रियामा छन्।