मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

शुक्रबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

आज शुक्रबार बसेको मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक भएको छ। सिंहदरबारमा बसेको बैठकले मंसिर १० र ११ गते हुने नेपाल–बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्य गर्न गठित संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालन समितिको सातौँ बैठकमा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत नेतृत्वको टोलीलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ।

सरकारले नयाँ सम्झौताअनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरियसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति दिएको छ।

यसैगरी, नेपाली सेनाका एक महासेनानीलाई सहायक रथीमा र एकजना सहायक रथीलाई उपरथीमा विशेष बढुवा गर्ने तथा लुम्बिनी विकास कोष, लुम्बिनी विकास परिषद्को सदस्यसचिवमा दीपक श्रेष्ठलाई मनोनीत गर्ने निर्णय भएको छ।

सुझावित समाचार