क्यानडा पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने युवक पक्राउ

शुक्रबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

वैदेशिक रोजगारीका नाममा क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। ललितपुर महानगरपालिका– ३ बस्ने काभ्रे चौँरीदेउराली गाउँपालिका– ९ घर भएका २० वर्षीय आसमान विकलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार विकले क्यानडा पठाइदिने प्रलोभन देखाई एकजना पीडितबाट ६ लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन बनेको उजुरी परेको थियो। उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका– ११ क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ परेका विकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार