ललितपुर महानगरपालिका– ९, बालकुमारीस्थित सडकमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
बागमती प्रदेश ०१–००३ क ५९३१ नम्बरको हायसको ठक्करबाट पैदलयात्री ललितपुर इमाडोल बस्ने कास्की घर भएकी ४५ वर्षीया नन्दु खवासको शुक्रबार बिहान मृत्यु भएको हो ।
हायसकाे ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । हायसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।