मन्त्रिपरिषद् बैठक बस्दै, सेना परिचालनसम्बन्धी निर्णय हुने सम्भावना

शुक्रबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएकी छिन्। दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो। 

बैठकमा सेना परिचालनसम्बन्धी निर्णय हुने सम्भावना छ । बिहीबार बसेको सुरक्षा परिषद्को बैठकले निर्वाचनका लागि सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सेना परिचालन गर्ने संवैधानिक प्रावधान छ। 

सुझावित समाचार