९७८ किलो गाँजासहित ट्रकचालक पक्राउ

शुक्रबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

रूपनगर नगरपालिका- २, बरमझियाबाट ९७८ किलो गाँजासहित सुनसरी धरान उपमहानगरपालिका- १३ बस्ने २५ वर्षीय सञ्जय श्रेष्ठलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीसमेतबाट खटिएको प्रहरीले फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना.५ ख ५३५ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा फल्सबटम बनाई २८ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक सञ्जयलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

सुझावित समाचार