एनएमबि बैंकद्वारा सफ्टपोस सेवा सुरु, स्मार्ट फोनबाटै भुक्तानी

शुक्रबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गरेको छ । एनएफसी सपोर्ट गर्ने जुनसुकै एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनका रूपमा प्रयोग गर्न सकिने बताइएको छ । यसमार्फत डेबिट वा क्रेडिट कार्डबाट साना तथा मझौला उद्यम र टुर्सिम उद्यमलगायत अन्य व्यवसायीले मोबाइलमै भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस सेवाको प्रयोगले व्यवसायीलाई पोस मेसिनको झन्झटविनै डिजिटल भुक्तानी लिन सक्ने सुविधा प्रदान गर्नेछ । 

सफ्टपोसको प्रयोगबाट साना व्यापारी, डेलिभरी सेवालगायत टाढा ग्रामीण क्षेत्रका उद्यमीहरूलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने लक्ष्य लिएको एनएमबि बैंकले जनाएको छ । सफ्टपोसले अन्तर्राष्ट्रियस्तरका सुरक्षा मापदण्डअनुरूप काम गर्ने हुँदा व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैंकको दाबी छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने, ‘सफ्टपोस सेवा केवल नयाँ प्रविधि होइन, यो नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठुलो पाइला हो । हरेक व्यापारीको खल्तीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ र व्यवसाय सञ्चालनमा थप सजिलो र सुरक्षित हुनेछ ।’

सफ्टपोसले अन्तर्राष्ट्रियस्तरको सुरक्षा मापदण्डअनुरूप काम गर्ने हुँदा व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैंकले जनाएको छ । हाल बैंकका देशभर दुई सय दुई शाखा, एक सय ८४ एटिएम र नौ एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।

सुझावित समाचार