दुई दिनदेखि बाराको सिमरामा जारी तनावपूर्ण स्थिति साम्य पार्न खेलकुदमन्त्री बब्लु गुप्तासहित जेन–जी अगुवा पुरुषोत्तम यादव, सुधन गुरुङलगायत सिमरा जाने भएका छन्।
सिमरामा एमाले कार्यकर्ता र जेन–जी युवाबिच विवाद भई असामान्य बनेको परिस्थितिकाे समाधान खोज्न जेन–जी अगुवाहरू शुक्रबार सिमरा जान लागेका हुन्।
जेन–जी अगुवा पुरुषोत्तम यादवले खेलकुदमन्त्री बब्लु गुप्ता, हामी नेपालका संयोजक सुधन गुरुङसहित आफूहरू स्थिति सामान्य बनाउन र दोषीलाई कारबाहीको सुनिश्चितताका लागि शुक्रबार सिमरा जान लागेको बताएका छन्।