जनकपुरधामका धार्मिक सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् सुरु भएको छ ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज बिहीबार पहिलो दिन नगर दर्शन सम्पन्न भएको छ । नगर दर्शनका क्रममा भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिर परिसर वरिपरि परिक्रमा गराइने र नगरका श्रद्धालु भक्तजनहरू भेला हुने गरेको जानकी मन्दिरका छोटा महन्थ रामरोशनदासले बताए । त्रेता युगमा भागवान राम र सीताको विवाहलाई स्मरण गर्दै जनकपुरधाममा विवाह पञ्चमी महोत्सव मनाइन्छ ।
महोत्सवअन्तर्गत शुक्रबार फूलबारी लीला, शनिबार धनुषयज्ञ, आइतबार तिलकोत्सव, सोमबार (८ मंसिर ) मटकोर, मंगलबार ( ९ मंसिर) राम–सीता स्वयंवर तथा विवाह समारोह आयोजना हुनेछ । १० मंसिरमा रामकलेवा तथा अयोध्याबाट आएका प्रतीकात्मक जन्तीका रूपमा साधुसन्तहरूको बिदाइपछि महोत्सव सम्पन्न हुने छ ।