निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्ले सिफारिस गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको रक्षासचिव  सुमनराज अर्यालले जानकारी दिए। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सेना परिचालन गर्ने व्यवस्था छ । यो वर्ष तुलनात्मक रूपमा छिट्टै सेना परिचालन गर्ने तयारी छ । विगतमा चुनावको १५ दिनअघि सेना परिचालन हुने गरेको थियो।

बिहीबारको परिषद्को बैठकमा सुरक्षा चुनौतीबारे छलफल पनि भएको सचिव अर्यालले जानकारी दिए। 

सुझावित समाचार