प्रभु म्यानेजमेन्ट प्रालिका सहायक लेखा प्रमुख महाजू पक्राउ

बिहिबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

प्रभु म्यानेजमेन्ट प्रालिका पूर्वसेयरधनी तथा हालका सहायक लेखा प्रमुख हेमकुमार महाजू पक्राउ परेका छन्।

काभ्रेपलाञ्चाेक पनौती नगरपालिका– ८, पनौती घर भई ललितपुरको गोदावरी नगरपालिका– ३, टौखेल बस्ने ५१ वर्षीय महाजूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो।

प्रभु म्यानेजमेन्ट प्रालिको नाममा रहेको सिटिजन्स बैंकको खातामा विभिन्न व्यक्तिहरूको नामबाट शंकास्पद रूपमा १० लाख नबढ्ने गरी नाै लाख ९९ हजार पाँच सय रुपैयाँका दरले पटकपटक जम्मा भएको, रेमिट कारोबारको क्रममा प्रभु म्यानेजमेन्ट प्रालिले रेमिट रकम भुक्तानी मात्र गर्नुपर्नेमा एकै दिनमा पटकपटक शंकास्पद रकम जम्मा भएको देखिएको प्रहरीले जनाएको छ।

सिटिजन्स बैंकमा रहेको उक्त खातामार्फत रेमिट कारोबारको आवरणमा अवैध रूपमा नेपालमा विप्रेषणबापत प्राप्त हुने रकम हुन्डीमार्फत प्राप्त गरी हिसाब मिलान गरेको देखिएको र सो कार्यमा संलग्न रहेको अभियोगमा खाता सञ्चालकमध्येका एक महाजूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुझावित समाचार