सिमरा झडप प्रकरण : वीरगन्ज–पथलैया औद्योगिक करिडोर सडकमा पुन: प्रदर्शन

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

जितपुरसिमरा उपमहानगरपालिका– २, सिमराचोकमा युवा संघ र जेन–जी समूहबिच भएको झडपपछि बारा क्षेत्रको सुरक्षा वातावरण थप संवेदनशील बन्दै गएको छ। सोही घटनामा राजनीतिक तथा समूहगत असुरक्षा बढेको जनाउँदै बिहीबार बिहान ११ बजेबाट वीरगन्ज–पथलैया औद्योगिक करिडोर सडकमा जेन–जी उत्रिएका छन्।

प्रदर्शनकारीहरूले सिमराचोकमा देखिएको भिडन्तमा संलग्न व्यक्तिमाथि तत्काल कारबाहीको माग गरेका छन्। उनीहरूको भनाइमा झडपमा घाइते हुने अवस्था सिर्जना गर्नेहरूलाई कारबाही नगरेसम्म प्रदर्शन जारी रहनेछ ।

जेन–जी र युवा संघबिचको झडपपछि किटानी जाहेरी दर्ता भई दुई वडाध्यक्ष पक्राउ परिसकेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार पक्राउ परेकामध्ये जितपुरसिमरा उपमहानगरपालिका– २ का ४० वर्षीय धनबहादुर श्रेष्ठ र जितपुरसिमरा– ६ का ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन्। प्रदर्शन अहिलेसम्म शान्तिपूर्ण रहे पनि माग सम्बोधन नभए दबाब बढाउँदै जाने चेतावनी प्रदर्शनकारीहरूले दिएका छन्।

सुझावित समाचार