नारायणघाट–बुटवल सडक रातको समयमा दुई दिन बन्द हुने

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

नारायणघाट–बुटवल सडक रातको समयमा दुईदिन बन्द हुने भएको छ। नारायणी पुलको गैंडाकोटतर्फको एप्रोच सडकको भागमा कालोपत्रे गर्नका लागि मंसिर ५ र ६ गते राति ११ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने सडक आयोजनाले जनाएको छ।

आयोजनका अनुसार बुटवलतर्फबाट नारायणघाटतर्फ जाने बस, मिनि बस, माईक्रो बस, साना चार पाङ्ग्रेजस्ता यात्रुवाहक सवारीहरु थुम्सीदेखि भेडाबारी तथा ट्रक, ट्रेलर, कन्टेनरजस्ता मालवाहक सवारीहरु बेल्डिहादेखि प्रगतिनगरबीचमा रोकिने छन्।

त्यस्तै नारायणघाटतर्फबाट बुटवलतर्फ जाने बस, मिनि बस, माईक्रो बस, साना चार पाङ्ग्रे यात्रुवाहक सवारी मुग्लिङ–नारायणघाट सडकको रामनगरदेखि जुगेडी र पूर्वपश्विम राजमार्गको केन्द्रिय बसपार्कदेखि गोन्द्राङ तथा मालवाहक सवारी मुग्लिङ–नारायणघाट सडकको जुगेडीदेखि दासढुंगा र पूर्वपश्विम राजमार्गको गोन्द्राङदेखि टिकौली बीचमा रोकिने छन्।

सुझावित समाचार