कीर्तिपुरमा जारी नेपाल प्रिमियर क्रिकेट लिग (एनपिएल) हेरेर फर्कने दर्शकले निःशुल्क बस सुविधा पाउने भएका छन् । नेपाल क्रिकेट संघ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा क्रिकेट खेल हेरेर फर्किने दर्शकलाई निःशुल्क बस सुविधाको व्यवस्था गरेको हो।
विशेष गरी आफ्नो सवारीसाधन नभएका, महिला, वृद्ध, र अशक्तहरूको लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको हो। यसको लागि मुस्कान ट्राभल्सको सहकार्य रहेको छ । यो सेवा आजदेखि नै खेल अवधिसम्म साँझ ४ देखि ८ बजेसम्म उपलब्ध हुने जनाइएको छ ।
यी हुन् बस सञ्चालन हुने रुट
तल्लो टियू गेट र ल्याब स्कुलको अगाडिबाट
रुट १ : टियू गेट– स्वयम्भू–बालाजु
रुट २ : टियू गेट–स्वयम्भू– बालाजु–महाराजगन्ज
रुट ३ : टियू गेट–बल्खु–कालिमाटी–थापाथली बानेश्वर–तीनकुने–गौशाला–चाबहिल
रुट ४ : टियू गेट– बल्खु–सातदोबाटो–कोटेश्वर