प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलहरूसँग छलफल सुरु गरेकी छिन्। निर्वाचनबारे छलफल गर्न बोलाइएको बैठक सिंहदरबारमा सुरु भएको हो।
सरकारका काम-कारबाही र प्राथमिकताबारे जानकारी दिने उद्देश्यले दलहरूसँग छलफल थालेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।