रवि सुनारको ‘मनका भावना’ बोलको गीत सार्वजनिक

बुधबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

गायक रवि सुनारको मनका भावना बोलको गीत सार्वजनिक भएको छ । कात्तिक २९ गते रवि सुनार युटुब च्यानलमा गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा आवाज रवि सुनार र पिट्टु गहतराजको रहेको छ ।

गीतमा भरत विश्वकर्माको शब्द र लय रहेको छ । गीतको एरेन्ज गायक सुनार आफैँले गरेका हुन् । गीतको सम्पादन निश्चल पौडेलले गरेका हुन् । ओ टु स्टुडियो कपुरधारमा रेकर्ड गरिएको गीतमा रवि र पिट्टुकै अभिनय देख्न सकिन्छ । पप विधाको गीतमा मायाप्रेमको विषयवस्तु समावेश रहेको गायक सुनारले जानकारी दिए।

सुझावित समाचार