ललितपुरमा टिपरको ठक्करबाट युवकको मृत्यु

बुधबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

ललितपुरको गोदावरी नगरपालिका– ९, छम्पीस्थित सडकमा टिपरको ठक्करबाट युवकको मृत्यु भएको छ।  

बागमती प्रदेश–०१–००४ क १७१४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३१ वर्षीय सञ्जीव रानामगरको मंगलबार दिउँसो मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

सुझावित समाचार