मुक्तिनाथ विकास बैंकले दियो प्रहरीलाई दुई थान मोटरसाइकल

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रहरीवृत्त महराजगन्जलाई दुई थान मोटरसाइकल सहयोग गरेको छ । एक कार्यक्रमबिच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्यले प्रहरीवृत्त महराजगन्जका कार्यालय प्रमुख निरञ्जन थापालाई मोटरसाइकल हस्तान्तरण गरे ।

यो सहयोगले प्रहरीलाई समाजमा शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन, संवेदनशील स्थानको निगरानी गरी समयमै सूचना संकलन गर्ने र सुशासन कायम राख्ने कार्यमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग गर्दै आइरहेको छ । 

सुझावित समाचार