नाम, थर र उमेर कसरी सच्याउने ?(राजपत्रसहित)

मंगलबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

सरकारले एकपटकका लागि व्यक्तिगत विवरण सच्याउन मिल्ने गरी कानुन संशोधन गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली संशोधन गरी एकपटकका लागि नाम, थर तथा उमेरलगायत विवरण सच्याउन मिल्ने व्यवस्था गरेको हो। नियमावली संशोधन सोमबार राजपत्रमा प्रकाशित भएको छ। यससँगै अब वडा कार्यालयमा निवेदन दिएर विवरण सच्याउन सकिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ। 

यससम्बन्धी ऐन गत वर्ष नै संशोधन भए पनि ऐनले सबै कुरा प्रस्ट नहुँदा नियमावली ल्याइएको हो। कतिपय अपराधमा मुछिएका व्यक्तिले यो सुविधाको दुरुपयोग गर्न सक्ने भएकाले नाम, थर र उमेर सच्याउन नेपाल प्रहरीको प्रहरी प्रतिवेदन आवश्यक पर्ने व्यवस्था छ।

खासगरी जन्मदर्ताको विवरण सच्याउन नमिल्दा धेरैजना समस्यामा छन्। १४ वर्ष उमेर नपुगी एसइई दिन नपाउने भएकाले उनीहरू समस्यामा छन्। अब उनीहरूले जन्ममिति सच्याउन सक्नेछन्। 

यस्तो छ राजपत्रको सूचनाः 

सुझावित समाचार