राप्रपाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको गिरफ्तारीप्रति आपत्ति जनाएको छ। अभिव्यक्ति दिएकै आधारमा प्रसाईंलाई मध्यराति सुतिरहेको अवस्थामा घरबाट प्रहरीले पक्राउ गर्नु खेदजनक र निन्दनीय भएको राप्रपाको आरोप छ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रसाईंको पक्राउबाट सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अप्रजातान्त्रिक र तानाशाही शैली प्रदर्शन गरेको छ।’
प्रसाईंलाई विनासर्त अविलम्ब रिहा गर्न राप्रपाले सरकारसँग माग गरेको छ।