कारागारबाट फरार अभियुक्त पुनः खैरो हेरोइनसहित पक्राउ

मंगलबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका लागुऔषधसम्बन्धी मुद्दाका एक अभियुक्त पुनः ठुलो परिमाणको खैरो हेरोइनसहित पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीलाई नियन्त्रणमा लिएको हो।

ब्युरोका अनुसार मिति २०८२/०५/२८ गते प्रहरीले लागुऔषध कारोबार भइरहेको भन्ने सूचनामा कारबाही गर्दै जिल्ला पाँचथर, फालेलुङ गाउँपालिका– २ का ४१ वर्षीय जंगबहादुर राईलाई ललितपुर महानगरपालिका– २४, नागदहस्थित उनको डेरा कोठाबाट २८० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

थप अनुसन्धानबाट राई यसअघि पनि लागुऔषध खैरो हेरोइन १४२ ग्राम प्रकरणमा  ०८० भदाै ७ गते पक्राउ परेका थिए। सो मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई १५ वर्ष कैद र पाँच लाख जरिवाना सजाय फैसला सुनाएको थियो। उनी जगन्नाथदेवल कारागारमा सजाय काटिरहेको अवस्थामा जेन–जी आन्दोलनको दिन भदाै २४ गते भागेर फरार भएका थिए।

फरार अभियुक्त पुनः पक्राउ परेसँगै उनलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान तथा कारबाही अघि बढाइएको ब्युरोले जनाएको छ।

सुझावित समाचार