सिजी डिजिटलको सोरुम बुटवलमा

मंगलबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

इलेक्ट्रोनिक्स कम्पनी सिजीले आफ्नै इलेक्ट्रोनिक्स ब्रान्डको सोरुम बुटवलमा सञ्चालनमा ल्याएको छ । कम्पनीको उक्त सोरुम आदर्शनगर, पाल्पा रोड, ट्राफिक चोकमा २९ कात्तिकदेखि सञ्चालनमा आएको छ ।

योसँगै कम्पनीको सोरुमको संख्या २१ पुगेको छ । ग्राहकले यो स्टोरमार्फत एलजी, सिजी, मेडिया, गोदरेज, क्रम्पटन, बेको, सेन्सेई, टिसिएल, बर्ली, केन्ट, ब्ल्याक प्लस डेकर, मोटोरोला र नथिङजस्ता राष्ट्रिय–अन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिद गर्न सक्नेछन् । होम तथा किचन एप्लायन्स, स्मार्ट टेलिभिजन, मोबाइल, ग्याजेट, उपकरण र प्रिमियम कन्जुमर इलेक्ट्रोनिक्सका उत्पादन एकै छानामुनि पाउन सक्नेछन् । 

कम्पनीका अनुसार बुटवल–लुम्बिनी प्रदेशमा बढ्दो ग्राहक माग, गुणस्तरीय सेवा आवश्यकता र आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै यो सोरुम सञ्चालनमा ल्याइएको हो ।

कम्पनीले आगामी दिनमा ग्राहक अनुभवलाई अझ सुदृढ गर्ने, डिजिटल पहुँचलाई देशका प्रमुख सहरी तथा उपसहरी बजारमा विस्तार गर्ने र अन्तर्राष्ट्रियस्तरको ब्रान्ड पोर्टफोलियोसहित आधुनिक रिटेल अनुभवलाई मजबुत बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । 

सुझावित समाचार