नेपाल पहिलोपटक एसियन डजबल च्याम्पियनसिपमा सहभागी हुने

मंगलबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

नेपालले आगामी मंसिर ४ देखि ७ गतेसम्म मलेसियामा हुने एसियन डजबल च्याम्पियनसिपमा पहिलोपटक सहभागिता जनाउन लागेको छ। मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुने उक्त प्रतियोगितामा भाग लिन १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मंगलबार मलेसिया प्रस्थान गर्दै छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रममार्फत टोलीलाई बिदाइ गरेका छन्।

टोलीलाई जर्सी पुलले मुख्य प्रायोजन गरेको छ भने इम्पाएर ट्राभल्स एन्ड टुर्स ट्राभल पार्टनर रहेको छ। त्यस्तै, जी स्पोर्टस् होम किट पार्टनर र डिजिटल ल्याब ब्ल्याक आई जर्नी प्रालि डिजिटल पार्टनर रहेका छन्।

खेलाडीहरू
विराज दाहाल (कप्तान), प्रकाशसिंह ऐर, कृष्णहरि बुढाथोकी, रविन शाक्य, कृष्णकुमार साह, अनिलकुमार तिखत्री, अनिल गुरुङ, विवेक उप्रेती, अच्युत नेपाल, रोशन अधिकारी, रामचन्द्र गौतम, विनोद कोइराला

टिम अफिसियलहरू
टोली प्रमुख : राजन गौतम
व्यवस्थापक : कौशल ज्ञवाली
सहायक व्यवस्थापक : हिरामणि नेपाल
प्रशिक्षक/खेलाडी : अरुण तिमल्सिना
ट्रेनर : बेनुकुमार राई
मिडिया अफिसर : सन्दीप रिजाल

 

सुझावित समाचार