पोखरामा खुल्यो टाइटन घडीको ११औँ स्टोर

सोमबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

टाइटन घडी कम्पनीले पोखरामा ११औँ स्टोर सञ्चालनमा ल्याएको छ । पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा रहेको पोखरा ट्रेड मलमा सोमबारदेखि स्टोर सञ्चालनमा ल्याएको हो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, टाइटन कम्पनी लिमिटेडका इन्टरनेशनल अपरेसनका बिजनेस म्यानेजर वसन्त वासुदेवनले स्टोरको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

विश्वको पाँचौँ ठूलो घडी निर्माता कम्पनीको रुपमा दाबी गरिएको टाइटनको नेपालका लागि आधिकारक वितरक नेपाल ट्रेड नेटवर्क प्रालिले शाखा विस्तारका क्रममा पोखरामा ११आँै स्टोर सञ्चालनमा ल्याएको हो ।

स्टोरमा तीन हजार पाँच सयदेखि ६० हजारसम्मका एक हजार भन्दा बढी डिजाइनका घडी रहेको प्रालिका प्रबन्ध निर्देशक सुनिलकुमार अग्रवालले जानकारी दिए । 

सन् १९८४ मा स्थापित टाइटनको सन १९९९ अर्थात २०५६ सालदेखि नेपाल ट्रेड नेटवर्क प्रालिको नाडी घडी, भित्ते घडी, विधुतिय बत्ती र सम्बन्धित उत्पादनहरुको आयातकर्ता र वितरकको रुपमा काम सुरु गरेको थियो ।

टाइटनले प्रत्येक वर्ष १.५ करोडभन्दा बढी घडी उत्पादन गर्दै, २५ देशमा रहेको ११ हजार बिन्दुहरुमा बिक्री गर्दै आएको छ । २० करोडभन्दा बढी ग्राहक रहेको कम्पनीले विश्वको सबैभन्दा पातलो घडीको लागि प्रतिष्ठित रेड डट डिजाइन पुरस्कार प्राप्त गरिसकेको अग्रवालले जानकारी दिए ।

सुझावित समाचार