नेपाली कम्युनिस्ट पार्टीले देशव्यापी पार्टी एकता सन्देश सभाको मिति र स्थान टुंगो लगाएको छ। पार्टी संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले आइतबार विज्ञप्तीमार्फत् सन्देश सभा हुने मिति र स्थानबारे जानकारी दिएका हुन्।
मंसिर १२ गते सुदुरपश्चिम प्रदेशको धनगडी, १३ गते लुम्बिनीको दाङ देउखुरी, १४ गते गण्डकीको पोखरामा, १५ गते कोशीको बिराटनगरमा, १७ गते उपत्यका बिशेष प्रदेश काठमाडौंमा, १८ गते कर्णालीको सुर्खेतमा १९ गते संघीय सम्पर्क समन्वय प्रदेश काठमाडौंमा, २० गते मधेशको जनकपुरमा हुने बताइएको छ।
यसैगरी, २१ गते प्रवास प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रम (नेपाली समयअनुसार बेलुकी ६ बजे) र २३ गते बागमती प्रदेशको हेटौंडामा सभा गर्ने विज्ञप्तीमा उल्लेख छ।
साथै, मंसिर २६ गतेसम्म प्रदेश कार्यालयहरुको निर्णयअनुसार सबै जिल्लाहरुमा, २९ गते सम्पूर्ण स्थानीय पालिकाहरुमा एकता सन्देश सभा हुने छ । एकता सन्देश सभाका कार्यक्रमहरूको आयोजना र व्यवस्थापन सम्बन्धित तहका कार्यालयहरुले गर्ने छन्।
