सिद्धार्थ बैंकको १०.५३ प्रतिशत लाभांश पारित

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

 सिद्धार्थ बैंकको २४औँ वार्षिक साधारणसभाले १०.५३ प्रतिशत लाभांश पारित गरेको छ । आइतबार सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत बोनस गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । बैंकको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख छ । 

बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा भएको सो सभाले गत आवको सञ्चालक समिति र लेखा परीक्षक वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । त्यसैगरी, चालू आवका लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्ताव पनि पारित गरेको छ ।

सुझावित समाचार