विराटनगर किंग्सको इन्टरनेट एक्सपिरियन्स पार्टनरमा सुबिसु

सोमबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

 इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु क्रिकेट टिम विराटनगर किंग्सको अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनर बनेको छ । सोमबार (१ मंसिर)देखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा कम्पनी विराटनगर किंग्सको इन्टरनेट पार्टनर बनेको हो ।

यसका लागि सुबिसुका मार्केटिङ प्रमुख सुजनकृष्ण प्रधान र विराटनगर किंग्सका तर्फबाट म्याड ड्रिम्स स्पोर्टस् प्रालिका निर्देशक राजेश बजरियाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

‘राष्ट्रिय टिमका खेलाडी सन्दीप लामेछाने, प्रतिश जिसीलगायतका खेलाडी समावेश विराटनगर किंग्ससँग जोडिन पाउँदा उत्साहित छौँ,’ सुबिसुका मार्केटिङ प्रमुख प्रधानले भने, ‘यो सहकार्यले नेपाली खेलकुदमा सुबिसुको निरन्तर सहकार्य र प्रतिबद्धता दर्साएको छ ।’ त्यस्तै, क्रिकेट टिमका तर्फबाट बोल्दै बजरियाले सुबिसुसँगको सहकार्यले नेपालको खेलकुद विकासमा विश्वास बढाएको बताए ।

See More On

सुझावित समाचार