मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण र अक्षकोष स्थापनाका लागि नौ करोड ७० लाख संकलन भएको छ । आश्रमले आयोजना गरेको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमार्फत समापनमा शनिबार मात्र ७५ लाख संकलन भएको थियो ।
बागलुङ नगरपालिका– ४, निरयघाटस्थित निर्माणाधीन अवस्थामा रहेका आश्रमकै परिसरमा २१ कात्तिकदेखि महायज्ञ सुरु भएको थियो ।