पालिका अध्यक्ष लक्ष्मी पाण्डेको घर जलाउने तरुण दल क्षेत्रीय अध्यक्षसहित चारजना पक्राउ

आइतबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घर आगजनी तथा तोडफोड गरेको आरोपमा तरुण दलका क्षेत्रीय अध्यक्षसहित चारजना पक्राउ परेका छन्। 

नवलपुर हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेलगायत हुप्सेकोटका जनप्रतिनिधिहरूले दिएको किटानी जाहेरीको आधारमा चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए। पक्राउ पर्नेमा अमित गिरी, अविनाश काफ्लेलगायत छन्। नवलपुरको कावासोतीनिवासी अमित गिरी का‌ंग्रेसको भ्रातृ संगठन तरुण दलका क्षेत्रीय सभापति हुन्। 

यसअघि हुप्सेकोट प्रहरी चौकीमा आगजनी र तोडफोड गर्ने सातजनालाई पक्राउ गरिएको थियो। नवलपुरमा अहिलेसम्म जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा पक्राउ पर्नेको संख्या ११ जना पुगेको छ।

सुझावित समाचार