नेपाल ट्रस्टको जग्गा हिनामिनामा पूर्वसचिव कार्की पक्राउ

आइतबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

 नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा हिनामिनामा पूर्वसचिव अर्जुनबहादुर कार्की पक्राउ परेका छन्। सिआइबीले उनलाई पक्राउ गरेको हो। 

ट्रस्टको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङलाई लिजमा दिँदा अनियमितता भएको प्रकणमा सिआइबीले यसअघि पूर्वसहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। 

सचिव कार्की नेपाल ट्रस्टको कार्यालयमा कार्यरत रहँदा जग्गा लिजसम्बन्धी विवादास्पद निर्णय भएको थियो। बोलपत्रमा भनिएको भन्दा एक कित्ता जग्गा थपेर सो कम्पनीलाई फाइदा हुने गरी सम्झौता गरेकोमा सिआइबीले छानबिन थालेको हो। 

सुझावित समाचार