राय क्षेत्रीदम्पतीले गरे विद्यालयलाई सहयोग

आइतबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

सर्लाहीको हरिवन नगरपालिका– ८ मा रहेको श्री चुरे जनता आधारभूत विद्यालयलाई आइसिटी एवं फर्निचर सामग्री वितरण गरिएको छ । 

बुधबार विद्यालयमा आयोजित नवनिर्मित भवन उद्घाटन समारोह कार्यक्रममा सोही नगरपालिका निवासी शंकरबहादुर राय क्षेत्री र इन्दिरा राय क्षेत्रीले विद्यालयका लागि ६ थान कम्प्युटर र ५० थान कुर्सीलगायतका सामग्री हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा पूर्वरक्षामन्त्री हरि उप्रेतीले विद्यालयको भवन उद्घाटन गर्दै नवनिर्मित भवनले विद्यार्थीका लागि सहज र प्रेरणादायी शिक्षण वातावरण निर्माण गर्ने विश्वास लिएको बताए । उप्रेतीले राय क्षेत्री परिवारले गरेको सहयोगको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्ता समाजसेवी कार्यलाई निरन्तरता दिन सुझाव दिए । संस्थापक नगरप्रमुख गणेश प्रसाद प्रसाईंले सबै निकायको साथ, सहयोगबाट विद्यालयले गुणस्तरीय शिक्षामा प्रगति गरिरहेको भन्दै आगामी दिनमा विद्यालयको उज्ज्वल भविष्यको कामनासमेत गरे । उक्त कार्यक्रममा विद्यालय संस्थापकमध्येका एक मुकुन्द श्रेष्ठलाई सम्मानसमेत गरिएको थियो । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर उप्रेती, वडा अध्यक्ष प्रज्ज्वल ढुंगाना, संस्थापक नगरप्रमुख गणेशप्रसाद प्रसाईं, संस्थापक उपप्रमुख रेणुका पौड्याल, वडासदस्य धनमाया वि.क, नेपाली कांग्रेसका युवा नेता डोरप्रसाद भट्टराई, नेकपा एमालेका नेताहरू चूडामणि वाग्ले, सीताराम पोखरेल, राजकुमार उप्रेती, सञ्जिता घिमिरेलगायत शिक्षक, विधार्थी र अभिभावकहरूको सहभागिता रहेको थियो ।

सुझावित समाचार