कजारिया टायल्सले उपभोक्ता योजना ‘कजारियासँगै गृह प्रवेश, घुमौँ देश–विदेश’ योजनाको विजेता घोषणा गरेको छ । योजनाकी विजेता चितवनकी योजिना गुरुङ बनेकी छिन् । उनले सिंगापुरमा क्रुज यात्रा गर्ने अवसर पाएकी छिन् ।
दुई महिनादेखि सञ्चालित योजनामा एक हजार वर्गफुट वा सोभन्दा बढी कजारिया टायल्स खरिद गर्ने ग्राहक दैनिक लक्की ड्रका लागि योग्य ठहरिएका थिए । जसमा ४८ विजेतालाई बोटको स्मार्टवाच प्रदान गरिएको कम्पनीले जनाएको छ ।
फेसबुक लाइभमार्फत विजेता घोषणा गरिएको थियो । सो कार्यक्रममा कम्पनीका निर्देशक तथा मुख्य सञ्चालन अधिकृत तथा ब्रान्ड एम्बासडर अभिनेत्री दिव्या रायमाझी उपस्थित थिए ।