मन्त्री कुलमान घिसिङले गरे बागमती नदी करिडोरका ढल व्यवस्थापन र सडकको निरीक्षण

शनिबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार काठमाडौंको पूर्वी क्षेत्रस्थित बागमती नदी करिडोर क्षेत्रको फोहारमैला व्यवस्थापन र सडक मर्मत सम्भार बारे स्थलगत निरीक्षण गरेका छन् ।

शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाललगायतको टोलीले गुह्ेश्वरीबाट सुन्दरीजल क्षेत्रसम्मको नदी कारिडोर र सडक स्तरोन्नति बारे जानकारी लिएको थियो । टोलीले गुह्ेश्वरीदेखि सुन्दरीजलसम्म क्षेत्रमा पर्ने बागमती नदी किनार तथा ढल व्यवस्थापन, सडक विस्तार एवं स्तरोन्नतिलगायतका विषयमा जानकारी लिएको थियो । 

मन्त्री घिसिङले बागमती नदी करिडोरमा देखिएको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने बताए ।

उनले काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्रमा सडक विभाग, काठमाडौं उपत्यकाका विकास प्राधिरकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबिच सडक निर्माण तथा मर्मत सम्भार देखिएको समन्वययको समस्यालाई छिट्टै समाधान गरिने प्रतिबद्धता जनाए । 

‘काठमाडौं उपत्यकाका नदीलाई सफा बनाएमा मात्र शहर सफा हुने भएकाले अल्पकालीन र दीर्घकालीन रुपमा ढल व्यवस्थापन योजनासहित काम गरिरहेका छौँ, ढल व्यवस्थापनका लागि प्रशोधन केन्द्रको स्थापना चरणबद्ध रुपमा गरिरहेका छौँ, नदी करिडोरका सडकलाई कालोपत्रे गर्ने, मर्मतसम्भार गर्नेलगायतकालाई उच्च प्राथमिकता राखी कार्य अगाडि बढाइरहेको छ, यसका लागि  स्थानीय पालिकासँग समन्वयकासाथ काम गरिरहेका छौँ, सडक किनारमा बेवारिसे अवस्थामा छाडिएका गाडी हटाउन उपकरण उपकरण उपलब्ध गराउँछौँ, त्यस्ता गाडीहरू तत्काल हटाउनुहोला,’ उनले भने ।
 

सुझावित समाचार