नियमविपरीत दुईवटा जोडेर उखु किसानलाई ट्रली

शनिबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण

बर्दियाको राजापुर नगरपालिकामा रहेको राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले उखु ढुवानी गर्न दुईवटा ट्रली जोडेर किसानलाई दिएको पाइएको छ।राजापुर सुगर मिल एण्ड केमिकल इन्डष्ट्रिज प्रालिले दुईवटा ट्रली जोडेर उखु ढुवानीका  लागि  दिएको हो।

सवारी तथा यातायात व्यवस्था  ऎन २०४९ अनुसार नियमविपरीत सवारी साधन चलाउनेलाई कारबाही हुन्छ। तर राजापुर नगरपालिका र  गेरुवा गाउँपालिकामा उखु बोक्नका लागि दुईवटा ट्रली जोडेर ट्याक्टर चल्ने गरेको छ। किसानलाई उखु ढुवानी गर्न दिएको ट्रली  राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले   किस्ताबन्दीमा दिएको छ।

दुईवटा  ट्रली जोडेर ट्याक्टर  चलाएको फेलापछि तीन वटा ट्याक्टरलाई दुई हजारको दरले  कारबाही गरिएको अस्थायी  ट्राफिक प्रहरी पोस्ट राजापुरका इन्चार्ज महेन्द्र सिंह भण्डारीले बताए। उनले भने,‘दुईवटा ट्रली जोडेर  ट्याक्टर चलाउन  पाइँदैन। नियम विपरीत चलाइएको ट्याक्टरलाई  कारबाही गरिएको गर्न थालिएको छ। जरिवाना गर्नुका साथै ट्याक्टरलाई  जोडेको  ट्रलीलाई हटाउन भनिएको छ। ट्याक्टर धनीले  निमय विपरीत जोडेर चलाएको फेला परेमा निमय अनुसार कारबाही हुन्छ।’

एउटा ट्रलीमा उखु डुवानी गर्न  समस्या हुने भएकोले राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले दुईवटा ट्रली जोडेर किसानलाई किस्ताबन्दी दिएको  प्रालिका प्रशासन प्रमुख इन्द्र ढकालले बताए । उनले भने, ‘एउटा ट्रलीबाट  उखु डुवानीमा गर्दा  समस्या हुने भएकोले किसानलाई उखु बोक्नका लागि जोडेर राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले किसानलाई  ट्रली  दिएको हो ।’

सुझावित समाचार