रोयल इन्फिल्डको नयाँ भेरियन्ट ३५० सीसीको मेटिएर बाइक लन्च

शनिबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण

रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रालि बुटवलले शुक्रबार ३५० सिसि को नयाँ मेटिएर बाइकको लन्चिङ गरेको छ । यो बाइक नेपालका सबै आधिकारिक बिक्रेताहरुले आज एकै  साथ बिक्री शुभारम्भ गरेका हुन् ।बुटवलमा गैरे प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरे, प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरे,  बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष हिमाल गैरेले संयुक्तरुपमा बिक्री शुभारम्भ गरेका हुन् ।

विभिन्न ५ वटा कलरमा उपलब्ध मेटिएर मोटरसाइकल नयाँ लुक्स र स्टाइलिसमा भएको हुँदा यसमा यात्रा गर्दा आरामदायी हुने भएकाले यो बाइकलाई क्रुजिङ बाइक पनि भन्ने गरिएको छ । इजि क्रुज यो बाईक फयरवल, स्टेलर, आरोरा र सुपरनोभा नामक चार भेरियन्टमा रहेको र यसको मूल्य ५ लाख ७७ हजार बाट सुरु भइ पाँच लाख ९७ हाजर सम्म रहेको गैरे प्रतिष्ठानका मेनेजिङ डाईरेक्टर प्रवेशराज गैरेले बताए । गैरेका अनुसार यो बाइकमा एल एडी हेड ल्याम्प लगायतका धेरै सुविधाहरु उपलब्ध रहेको र दशकौं देखि रोयल ईन्फिल्डको शुद्ध र आविकल सवारी साधनको रुपमा रहेको छ ।

मेटिएर ३५० सीसी बाईक नयाँ पुस्ताका लागि निकै नै लोकप्रिय रहेको र यो बाइकलाई मोटरसाईकल विशेषज्ञहरुले ‘थार ब्रैड ईजी क्रुजरको’ को रुपमा मान्यता दिएको प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरेले बताए । अध्यक्ष गैरेका अनुसार सुरुवाती वर्षमै प्रतिष्ठित इण्डियन मोटरसाइकल अफ द इयर २०२१ मा पुरस्कृत भएको र विश्वका धेरै देशबाट पुरस्कार प्राप्त गरेको रोयल इन्फिल्ड बाइकमा अबदेखि सात वर्षसम्मको विस्तारित वारेण्टीको सुविधा रहेको छ ।

सन १९०१ देखि ब्रिटेनबाट निरन्तर उत्पादन सुरु भएको रोयल इन्फिल्ड इण्डियाको मन्द्रास र हालको चेन्नईमा १९५५ मा पहिलो उत्पादन भएको थियो भने पछिल्लो समय विभिन्न देशका ७ आधुनिक सिकेडी प्रान्टबाट एसेम्बेलिङ हुँदै आएको छ। गैरे प्रतिष्ठानले नवलपुर जिल्लाको कावासोतीमा रहेको रोयल इन्फिल्डको शाखामा समेत नयाँ ३५० सीसीको मेटिएर बाईकको विक्री शुभारम्भ गरिएको प्रतिष्ठानका कार्यकारी प्रमुख लक्ष्मी गैरेले बताइन्।उनका अनुसार बुटलमा नयाँ भेरिएन्टको छ वटा बाइक आएकोमा लन्चिङकै दिन ६ वटै बाइक बिक्री भएको छ ।

सुझावित समाचार