कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा सिंगापुरबाट फर्किएका छन्। शुक्रबार बेलुका उनीहरू स्वदेश फर्किएका हुन्।
उपचारका लागि भन्दै उनीहरू दुई साताअघि सिंगापुर गएका थिए। जेन–जी आन्दोलनका क्रममा देउवादम्पतीमाथि आन्दोलनकारीले कुटपिट गरेका थिए।
देउवाले हाल उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। कांग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्नेमा चर्काे विवाद भइरहेको छ । यसमा देउवाकै रायअनुसार निर्णय गर्ने कांग्रेसको तयारी छ।