इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले एआई सञ्चालित एयर फ्रायर सार्वजनिक गरेको छ । कम्पनीले घरायसी ब्रान्डअन्तर्गत आधुनिक नेपाली भान्साको सुविधा, समय बचत र स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त एयर फ्रायर सार्वजनिक गरिएको जनाएको छ । सिजी मेरिडिया स्मार्ट एयर फ्रायरले घरेलु पकाइ प्रविधिलाई नयाँ युगमा प्रवेश गराउने कम्पनीको विश्वास छ ।
कम्पनीका अनुसार यसको पावर १८ सय वाट र क्षमता आठ लिटरको छ । नेपालमा पहिलोपटक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) र इन्टरनेट अफ थिंग्स प्रविधि संयोजन भएको एयर फ्रायर हो, जसमा भित्रै जडान गरिएको इन्टरनल क्यामरा र स्मार्ट सेन्सरहरूमार्फत प्रणालीले खानाको प्रकार र तौल पत्ता लगाउने क्षमता राख्छ ।
साथै, यस उपकरणलाई सिजी स्मार्ट होम एपमार्फत रिमोट कन्ट्रोल गर्न सकिने बताइएको छ । प्रयोगकर्ताले आफ्नो स्मार्ट फोनबाट नै पकाइ मोड, तापक्रम र समय सेट गर्न सक्ने आधुनिक सुविधा प्राप्त गर्नेछन् ।
एयर फ्रायरमा २५ स्वचालित मेनुसहितको एआई प्रणाली, आठ लिटरसम्मको क्षमताका साथै पकाइका विभिन्न विकल्प रहेका छन् । प्रणाली, स्मार्ट सेन्सर, क्यामरा–आधारित फुड डिटेक्सन र इन्टरनेट अफ थिंग्स (आइओटी) कनेक्टिभिटीको संयोजन यसमा पाइनेछ ।
कम्पनीका अनुसार प्रविधि र बजारको आवश्यकताअनुसार सिजी मेरिडियाले नेपालमा अत्याधुनिक प्रविधियुक्त उपकरण उपलब्ध गराउँदै आएको छ । यसको बजारमूल्य १६ हजार एक सय ४० रुपैयाँ तोकिएको छ । यो एयर फ्रायर देशभरका सबै सिजी डिजिटल आउटलेटका साथै अन्य खुद्रा स्टोरमा उपलब्ध छन् ।