मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले जसपाका पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका छन्। अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले पाँच सांसदलाई पदमुक्त गरेका हुन्।
लगातार १० पटक प्रदेशस भा बैठकमा अनुपस्थित भएको भन्दै उनले जसपाका चार र नागरिक उन्मुक्तिका एकजनालाई पदमुक्त गर्ने निर्णय गरेका हुन्। जसपाका सांसद मनीषकुमार सुमन, सप्तरी, संजयकुमार यादव, सिंहासन सा कलवार र शारदाशंकरप्रसाद कलवार तथा नागरिक उनमुक्ति पार्टीकी सांसद उर्मिलादेवी सिंहमाथि कारबाही गरेका हुन्।
सूचनामा उल्लेख छ- ‘संविधानमा मधेश प्रदेश सभा बैठकको अभिलेखअनुसार नेपालको संविधानको धारा १८० बमोजिम प्रदेश सभामा लगातार १० (दश) वटा बैठकमा अनुपस्थित रहेका तपशीलमा उल्लेखित माननीय सदस्यहरू मिति २०८२।०७।२७ गतेदेखि प्रदेश सभा सदस्यबाट पदमुक्त भएको हुँदा निजहरू प्रदेश सभा सदस्यहरूको स्थान रिक्त भएको बेहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’
सभामुख मण्डल एमालेबाट निर्वाचित हुन्। उनले प्रतिशोध साधेर सांसदलाई पदमुक्त गरेको आरोप अन्य दलले लगाएका छन्। मधेशमा संविधानविपरीत एमालेका सांसदलाई मुख्यमन्त्री नियुक्त गरिएकोमा पनि विवाद भइरहेको छ।
