निवर्तमान आइजिपी खापुङ जाँचबुझ आयोगको छानबिनमा, विदेश भ्रमणमा रोक

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनसम्बन्धी  जाँचबुझ आयोगले नेपाल प्रहरीका निवर्तमान आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाएको छ।

आयोगको बिहीबारको बैठकले उनलाई विदेश भ्रमणमा रोक लगाई अनुमतिबेगर उपत्यका छाड्नसमेत नदिने निर्णय गरेको छ। जुनसुकै वेला बयान लिनुपर्ने भएकाले यस्तो रोक लगाइएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए। 

यसअघि आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, गुप्तचर प्रमुख हुतराज थापा र काठमाडौंका सिडिओ छवि रिजाललाई विदेश भ्रमणमा रोक लगाई अनुमति लिएर मात्र उपत्यका छाड्न पाउने निर्णय गरेकाे थियाे।

आयोगले यो हप्तादेखि फिल्डमा खटिएका प्रहरीको बयान लिन थालेको छ।  हालसम्म आयोगले १३ जनाको बयान लिइसकेको छ। आइजिपी हुँदै तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीको समेत बयान लिने तयारी छ। 

सुझावित समाचार