नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गृहसचिव रामेश्वर दंगालबाट दर्ज्यानी चिह्न लगाएका छन्। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनले दर्ज्यानी चिह्न लगाएका हुन्।
कार्कीले आजै प्रहरी प्रधान कार्यालयमा पदभार सम्हाल्नेछन्। चन्द्रकुवेर खापुङले उमेरहदका कारण अवकाश पाएपछि कार्की प्रहरी महानिरीक्षकमा नियुक्त भएका हुन्। उनले साढे दुई वर्ष प्रहरी नेतृत्व सम्हाल्नेछन्।