ऊर्जामन्त्री कुलमान घिसिङको सक्रियतामा खुलेको उज्यालो नेपाल पार्टीले विधान सार्वजनिक गरेको छ। पूर्वसचिव अनुपराज उपाध्याय अध्यक्षताको सो पार्टीले विधानमा तीनवटा आधारभूत सिद्धान्त राखेको छ। जसमा समावेशी लोकतन्त्र, सामुदायिक समाजवाद र बहुसांस्कृतिकवाद र राष्ट्रिय एकता राखेको छ।
त्यस्तै, १५ वटा प्रतिबद्धता समावेश गरेको छ।
पार्टी सदस्यताका लागि दुई सय रुपैयाँ शुल्क तोएिको छ। पार्टीले ३०१ सदस्यीय संघीय कमिटी बनाउने विधानमा उल्लेख गरेको छ।
पार्टीको निवर्तमान अध्यक्षलाई वरिष्ठ उपाध्यक्ष राख्ने र अन्य दुई उपाध्यक्ष तथा एक महासचिव र दुई उपमहासचिव राख्ने उल्लेख छ। पार्टीले दर्ताका लागि मंगलबार आयोगमा आवेदन दिएको छ।
यस्तो छ विधानः