७ जिल्लाका सिडिओसहित गृह मन्त्रालयका ५८ सहसचिव र उपसचिवको सरुवा

बुधबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयले ५८ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा सात जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । 

दैलेखका सिडिओ रहेका बद्रीनाथ गैरेलाई गुल्मीको सिडिओ, गुल्मीमा कार्यरत आनन्द सारुलाई दैलेख, रोल्पामा कार्यरत वासुदेव दाहाललाई पाँचथर, जुम्लाका खिमबहादुर रायमाझीको गृह मन्त्रालयमा सरुवा भएको छ। 

रोल्पामा गंगाबहादुर क्षेत्री, जुम्लामा दीपक पौडेल, डोटीमा कल्पना घिमिरे नेपाल तथा मुस्ताङमा मोहनराज जोशीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ। 
 

सुझावित समाचार