गरिमा विकास बैंकद्वारा ‘गरिमा रोडरेस– २०८२’ आयोजना

बुधबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ मंसिर ६ गते शनिबार ‘गरिमा रोडरेस– २०८२’ आयोजना गर्ने भएको छ।

बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालयबाट सुरु हुने उक्त रोडरेस खुला, कर्पोरेट र भेट्रान गरी तीन विधामा सञ्चालन हुनेछ। खुला समूहका विजेताले जनही ५० हजार, कर्पोरेट र भेट्रान विजेताले जनही ३० हजार रुपैयाँसहित आकर्षक नगद पुरस्कार पाउनेछन्।

प्रतियोगितामा करिब एक हजार धावक सहभागी हुने अपेक्षा गरिएको छ। सहभागीहरूले मंसिर ४ गतेसम्म खल्ती एपमार्फत रु.२० तिरेर नाम दर्ता गर्न सक्नेछन्। गत वर्ष ६५० भन्दा बढी धावक सहभागी भएका थिए ।

सुझावित समाचार